କ୍ରୀଡା

रोनाल्डोलाई ‘पाओलो रोस्सी’ अवार्ड

एजेन्सी – इटालियन क्लब युभेन्टस्का पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पहिलो संस्करणको पाओली रोस्सी अवार्ड जितेका छन् ।गत सिजनको सिरी ‘ए’ मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेसँगै रोनाल्डोले यो अवार्ड हात पारेको हो । इटालियन फुटबल फेडेरेसनले आफ्नो विश्व विजेता रोस्सीको नाममा यो अवार्डको स्थापना गरेको हो । रोस्सीको गत डिसेम्वरमा ६४ वर्षको उमेरमा निधन भएको थियो ।

इटालियन फुटबल फेडेरेसनले लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई दिने नीति पारित गरेको थियो । रोस्सीको तस्विर अंकित उक्त अवार्डको बनावट समेत परिवर्तन गरिएको संघले जनाएको छ । उक्त ट्रफीमा रोनाल्डोले गरेको गोल सङ्ख्या २९ वटा नै हिरा जडान गरिनेछ ।रोनाल्डोले गत जुलाईमा सम्पन्न युरोपेली च्याम्पियनसिपमा पनि गोलडने बुट जित्न सफल भएका थिए । उनको टोली पोर्चुगल प्रि–क्वाटरफाइनलबाट बाहिरिएपनि रोनाल्डोले समूह चरणमा ५ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका थिए ।

यो सिजनको समर ट्रान्सफर चार साता बाँकी रहँदा ३६ वर्षीय रोनाल्डोको युभेन्ट्समा भविष्य अनिश्चित जस्तै छ । तर रोनाल्डोले टुरिन क्लबमै बस्ने मनासय बनाएका छन् । युभेन्ट्समा रोनाल्डोको सम्झौता यो सिजनको अन्त्यसम्म रहेको छ । रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए ।

सन् १९७७ देखि १९८६ सम्म इटालीको राष्ट्रिय टोलीमा रहेका पाओलो रोस्सी इटालीले सन् १९८२ को विश्वकप जित्दा टोलीका मुख्य सदस्य थिए । उनले इटालीका लागि ४८ खेलमा २० गोल गरेका थिए । उनले युभेन्ट्स, कोमो, भिसेन्जा, पेरुजिया, एसी मिलान र हेलास भेरोनाबाट व्यवसायिक लिग खेलेका थिए ।

utkalmailtv

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button